बलिउड ‘नेसनल फिल्म अवार्ड’ : सुशान्त र श्रद्धा अभिनित फिल्म ‘छिचोरे’ उत्कृष्ट

बलिउड ‘नेसनल फिल्म अवार्ड’ : सुशान्त र श्रद्धा अभिनित फिल्म ‘छिचोरे’ उत्कृष्ट


बलिउडको चर्चित ‘नेसनल फिल्म अवार्ड’को ६७ औं संस्करणमा सुशान्त सिहं राजपुत र श्रद्धा कपुर अभिनित हिन्दी फिल्म ‘छिचोरे’ उत्कृष्ट घोषित भएको छ। यस्तै कंगना रनावत, मनोज बाजपेयी र धनुषले उत्कृष्ट अभिनयका लागि अवार्ड हात पारेका छन्।

फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झांसी’ र फिल्म ‘पंगा’का लागि अभिनेत्री कंगनालाई पुरस्कृत गरिएको हो। कंगनाले सन् २००८, २०१४, २०१५ मा पनि ‘नेशनल फिल्म अवार्ड’ जितिसकेकी छिन्।

अभिनेता मनोज बाजपेयी ‘भोसले’ र धनुषलाई ‘असुरन’का लागि पुरस्कार दिइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

फिल्म ‘छचोरे’लाई नितेश तिवारीले निर्देशन गरेका हुन्। 

यस्तै फिल्म ‘असुरन’ले तमिल र फिल्म ‘जर्सी’ले उत्कृष्ट तेलुगू भाषाको अवार्ड हात पारेका छन्। ‘मराक्करः लायन अफ द अरबियन’ लाई उत्कृष्ट मलयालम फिल्म घोषित भएको छ ।

यसैगरि अवार्ड कार्यक्रममा उत्कृष्ट ‘सह–नायक’को अवार्ड विजय सेतुपतिले हात पारेका छन् भने, ‘उत्कृष्ट गायक’को अवार्ड ब्री प्राकले जितेका छन्। पल्लवी जोशीले ‘उत्कृष्ट सह–नायिका’को अवार्ड जित्दा ‘उत्कृष्ट सम्पादन’को अवार्ड चलचित्र ‘जर्सी’ले प्राप्त गरेको छ।एजेन्सी

Skip This
Logo