चलचित्र ‘जार’लाई लिएर उत्साहित छु–सौगात मल्ल

चलचित्र ‘जार’लाई लिएर उत्साहित छु–सौगात मल्ल


अभिनेता सौगात मल्लले बुधबारबाट छायांकनको तयारीमा रहेको चलचित्र ‘जार’ लाई लिएर आफू निकै उत्साहित भएको बताएका छन्।

साहित्यकार इन्द्रबहादुर राईको कृतीमाथि बन्न लागेको चलचित्रमा काम गर्न पाउनु नै ठूलो कुरा भएको भन्दै अभिनेता मल्लले खुसी व्यक्त गरेका हुन्।

‘हामी उहाँकै रचनाहरू पढ्दै हुर्किएका हौं, त्यसमा पनि यो ‘जार’ मलाई निकै मन पर्ने कथा पनि हो,’ मल्लले द भोइस अफ सिक्कमसँग कुरा गर्दै भनेका छन्, ‘८÷९ वर्षदेखि यस कथामाथि फिल्म बनाउन लागि रहेका थियौं र एक÷डेढ वर्षबाट बल्ल यसले मूर्त रुप लियो।’

ऐतिहासिक पूराना कृतिमाथि फिल्म बनाउन र अभिनय निकै कठिन रहेपनि अब, निर्देशक फूर्वा जि सँगको सहकार्यमा रहेर प्रोजेक्टसँग जोडिन पाउँदा निकै उत्साहित रहेको उनको भनाई छ।
चलचित्र ‘जार’मा सौगात मुख्य भूमिकामा देखिँदैछन् भने, उनीसँगै अनुप विक्रम शाहीको पनि चलचत्रिमा अभिनय रहनेछ। 

यस्तै यता फिल्मका निर्देशक फुर्वा छिरिङ लामाले पनि इन्द्रबहादुर राईको कथा ‘जार’बाट नेपालसहित नेपाली भाषीले आफ्नो इतिहास, परम्परा र संस्कृतीको बारेमा बुझ्न र जान्न पाउने भन्दै खुसी व्यक्त गरेका छन्। 

सन् १८ सयको अन्त्यतिर सिक्किमेली समाजमा घटेको यथार्थ घटनामा रहेर तयार गरिने चलचित्र फेरी टेली पिक्चर्स, होप रिल र एल सेभेन सर्टस्को ब्यानरले निर्माण गर्नेछन्।

चलचित्र गीताञ्जली थापा मुख्य अभिनेत्रीका रूपमा देखिने छिन्। उनीसँगै अन्य थुप्रै बलिउड फिल्मकर्मीको अभिनय रहिने निर्माण पक्षको भनाई छ। यो चलचित्रको सम्पूर्ण छायांकन पश्चिम सिक्किममा नै गर्ने आउँदो वर्षको दशैं र तिहारको बीचमा प्रदर्शन गर्ने निर्माण पक्षको लक्ष्य रहेको छ।

निर्देशनसँगै चलचित्रमा स्क्रिनप्ले पनि लामा स्वयंको रहनेछ।

Logo