बलिउड अभिनेता आमिर खान पनि कोरोना संक्रमित

बलिउड अभिनेता आमिर खान पनि कोरोना संक्रमित


भारतमा पछिल्लो समय कोरोना संक्रमण तिब्र बनिरहेका बेला बलिउड अभिनेता आमिर खानलाई कोरोना पोजेटिभ देखिएको छ ।

कोरोना पोजेटिभ पाइएपछि खान होम क्वारेन्टिनमा बसेका छन् । विशेषगरी महाराष्ट्रमा कोरोना संक्रमण तीब्र रुपमा बढिरहेको छ ।

यस्तै अभिनेता तथा फिल्म निर्माता सतिश कौशिकमा पनि कोरोना पोजेटिभ देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनलाई भने अस्पतालमा भर्ना गरिएको छ ।

भारतीय कलाकर्मीहरू मध्ये यसअघि रणबीर कपुर, वरुण धवन, अनुपम खेर, सञ्जय लीला भंसाली, अमिताभ बच्चन, ऐश्वर्या राय र अभिषेक बच्चनजस्ता कलाकारलाई पनि कोरोना संक्रमण भइसकेको छ । उनीहरू कारोनालाई जित्दै यतिबेला सामान्य जीवनयापनमा फर्किसकेका छन्।एजेन्सी

Logo