अनमोल केसी स्टारर चलचित्र ‘ए मेरो हजुर ३’ शिर्ष गीत सार्वजनिक भएको छ । चलचित्र प्रचार प्रसारको सामाग्रीको रुपमा चलचित्र प्रदर्शन हुन एक दिन मात्र बाँकी रहदा ‘ए मेरो हजुर’ बोलको गीत सार्वजनिक गरिएको हो ।
प्रताप दासको स्वरमा सजिएको उक्त गीतमा प्रतिक पौडेलको शब्द रहेको छ भने प्रतिक पौडेल र पुष्पन प्रधानको संगीत रहेको छ । उक्त गीतमा कन्र्सटको माहोललाई प्रस्तुत गरिएको छ ।
झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ३’ मा अनमोन केसी र सुहाना थापा मुख्य भूमिकामा छन् । सुहानाले यहि चलचित्रबाट डेब्यु गर्दैछिन् ।
चलचित्र अनमोल र सुहानासँगै सलोन बस्नेत, सरोज खनाल, रक्षा गौतम, अर्पण थापा, रबिन्द्र झा लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् । यो चलचित्र चैत्र २९ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।
प्रकाशित: २८ चैत २०७५ १८:३८ बिहीबार