नीताको ‘श्रीमद् भागवद् गीता’मा शीतल गिरीको शब्द, पुष्पनको स्वर र संगीत

नीताको ‘श्रीमद् भागवद् गीता’मा शीतल गिरीको शब्द, पुष्पनको स्वर र संगीत


अभिनेत्री नीता ढुंगानाको निर्माण तथा निर्देशन रहने वेव सिरिज ‘श्रीमद् भागवद् गीता’को निर्माण घोषणा भएको लामो समय भयो । हाल आएर नीताले  सिरिजका लागि सांगीतिक टिम पनि सार्वजनिक गरेकी छिन्। 

नीता फिल्मस्को दोश्रो प्रस्तुतिको रुपमा निर्माण हुन लागेको वेव सिरिजमा शीतल गिरीको शब्द, पुष्पन प्रधानको संगीत तथा स्वर रहनेछ । कार्यक्रममा बोल्दै नायिका नीता ढुंगानाले नेपालमा पहिलो पटक बन्न लागेको ‘श्रीमद् भागवद् गीता’को सिरिजमा महाभारतका कृष्ण र अर्जुनको पाटो मात्र समावेश गरिने छ। 

गीताको सार अनुसार संगीत तयार गरिने गीतकार तथा संगीतकार पुष्पन प्रधानले जानकारी दिए। गीतामा रहेको ७०० श्लोकबाट ४५ भागको सिरिज निर्माण हुनेछ । वेव सिरिज कोरियोग्राफी रामजी लामिछाने सम्पादकमा वनिष शाहसँग नीता फिल्मस्ले सहकार्यका लागि हस्ताक्षर गरेको हो।

Logo