काेराेना संक्रमित गीतकार चेतन कार्कीको ८४ वर्षको उमेरमा निधन

काेराेना संक्रमित गीतकार चेतन कार्कीको ८४ वर्षको उमेरमा निधन


कवि एवं गीतकार चेतन कार्कीको निधन भएको छ। ८४ वर्षको उमेरमा आइतबार उनको निधन भएको हो। 

अस्वस्थ भएपछि छाउनीस्थित सैनिक अस्पताल भर्ना गरिएको उनको उपचारकै क्रममा आज बिहान निधन भएको हो। 

गत १६ वैशाखमा भारतको देहरादूनबाट काठमाडौं आएका कार्कीलाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो।परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण देखिएको थियो। 

नेपालीसँगै हिन्दी र उर्दू भाषामा पनि कलम चलाएका कार्कीले ५० भन्दा बढी चलचित्रमा काम गरेका छन्। 

उनका तीजको रहर आयो बरिलै, दाइलाई बोलाउँ भने लेक स्वर पुग्दैन, बुझ्नै सकिनौँ तिमीले मेरो आँखाको भाका, माया पिरतीको चोखो कथा, बैनीको दया छ भने लगायतका दर्जनौँ लोक, आधुनिक तथा चलचित्रका गीतहरु चर्चित छन्। उनका गीतहरु नारायण गोपाल, तारादेवी, अरुणा लामा, प्रकाश श्रेष्ठ, किरण प्रधानसहितले गाएका छन्।

Logo