बजेटमा फिल्म क्षेत्रः विद्युत् खपत तथा इजाजत एवं नविकरण दस्तुरमा छुट

बजेटमा फिल्म क्षेत्रः विद्युत् खपत तथा इजाजत एवं नविकरण दस्तुरमा छुट


कोरोना महामारीका कारण शुन्य रहेको फिल्म क्षत्रेलाई विद्युत् खपतमा छुट दिने अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा बताएका छन्। फिल्म उद्योगहरुले डिमान्ड शुल्क बापत दिनुपर्ने शुल्कलाई छुट दिने व्यवस्था बजेटमा गरिएको हो।

फिल्म क्षेत्रलाई व्यवसायिक हितका लागि व्यवसायिक नियन्त्रण कोषद्धारा सहयोग गरिने भएको छ। फिल्म क्षेत्रमा कोरोना महामारीका कारण देखिएको समस्याहरुलाई सम्बोधन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ।

आर्थिक वर्ष २०७८/७९ मा फिल्म क्षेत्रलाई इजाजत एवं नविकरण दस्तुरमा छुट दिने भएको छ। मौलिक फिल्मलाई प्रोत्साहन, प्रवद्र्धन र संरक्षण गर्न आवश्यक कार्यक्रमको लागि बजेट उपलब्ध गराइनेछ ।

यस्तै सरकारले फिल्म सुटिङको लागि ७ वटै प्रदेशमा फिल्म स्टुडियो व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गरिएको पनि बजेटमा उल्लेख गरिएको छ।

Logo