गोकर्णमा ‘सुपुष्पा’ र ‘रौनक’को लगनगाँठो

गोकर्णमा ‘सुपुष्पा’ र ‘रौनक’को लगनगाँठो


अभिनेत्री सुपुष्पा भट्ट र फिल्म निर्माता रौनकविक्रम कँडेल शुक्रबार विवाह बन्धनमा बाँधिएका छन्। 

गोकर्ण फरेस्ट रिसोर्टमा आयोजित वैवाहिक समारोहमा दुईबीच लगनगाँठो कसिएको हो ।

दुई महिनाअघि इन्गेजमेन्ट गरेको यो जोडी केही समययता प्रेममा रहेका थिए। चलचित्र ‘रणवीर’ बाट डेब्यु गरेकी अभिनेत्री सुपुष्पाले ‘चपली हाइट ३’ र ‘छ माया छपक्कै’मा अभिनय गरेकी छिन्।

रौनकले कबड्डीको पहिलो सिक्वेल र झोले २ फिल्म निर्माण गरेका छन् । गोकर्ण रिसोर्टमा आयोजित वैवाहिक समारोहमा फिल्म क्षेत्रका सेलेव्रिटीसहित उनीहरुका आफन्त शुभकामनाका लागि त्यहाँ सहभागी छन्। 

Logo