१० वर्षमा आमीर खानको कति फिल्म फ्लप ?

१० वर्षमा आमीर खानको कति फिल्म फ्लप ?


अभिनेता आमीर खान बलिउडमा सफल कलाकार मानिन्छन्। यिनले अभिनय गर्ने फिल्मले दर्शकको मन जित्दै आएका छन्। चाहे पिके होस् या दंगल आमीरलाई दर्शकले मात्र हैन क्रिटिक्सले पनि तारिफ गर्दै आएका छन्। यिनै आमीरको एक दशकमा तीन फिल्म फ्लप भएका छन्।

आमीरले १० वर्षमा नौ फिल्ममा अभिनय गरेका थिए, जसमा तीन फिल्म धोबिघाट, तलास र ठग्स अफ हिन्दोस्तान फ्लप भए। यी फिल्मले लगानीको तुलनामा केही मुनाफासमेत कमाए। तर, पनि फिल्मलाई बक्स अफिसमा फ्लप नै मानियो।

मिस्टर पर्फेक्ट पनि यी फिल्मलाई राम्रो बनाउन चुकेका छन्। आमीरले तलाशलाई लिएर प्रचार गरे पनि अन्ततः फिल्मलाई फ्लप नै घोषणा गरिएको थियो। यिनै आमीर  पछिल्लो समय टम ह्यांक्सको सफल फिल्म ’फरेस्ट गम्प’ को हिन्दी रिमेक ’लाल सिंह चड्डा’ को काममा व्यस्त छन्।न्युज कारखानाबाट

Logo