भन्सालीसँग यसकारण टाढिएका थिए ‘सलमान’

भन्सालीसँग यसकारण टाढिएका थिए ‘सलमान’


केही समय अघि बलिउडमा सञ्जयलीला भन्साली र सलमान खान प्याचअप भएको खबर आयो। यी दुईले फिल्म 'इनशाल्लाह' मा काम गर्ने घोषणासमेत आधिकारिकरुपमै भयो।

भन्सालीले सलमानसँग गत सन् १९९९ मा रिलिज भएको फिल्म ‘हम दिल दे चुके सनम’ मा सँगै काम गरेका थिए। जसलाई दर्शकले अत्यधिक रुचाएका थिए। त्यसपछि सलमानले भन्सालीको फिल्म ‘सावरिया’ मा केमियो गरेका थिए, तर दर्शकले बलिउडका भाइजान सलमानलाई भन्सालीको निर्देशनमा लभ स्टोरीमा हेर्न चाहेका थिए। यसैले गर्दा पनि फ्यान खुसी भए। तर , यो खुसी धेरै दिन टिक्न सकेन। 

केही समय पश्चात नै फिल्म नबन्ने खबर आयो। सँगै भन्सालीले अर्को प्रोजेक्ट सुरु गरे। तर , भन्साली र सलमानको सम्बन्ध बिग्रिनुको कारणबारे बलिउडमा विभिन्न चर्चा हुने गरेका छन्।  भन्सालीलाई उनको डेब्यु फिल्म ‘खामोसी’ मा साथ दिएका सलमानले ‘हम दिल दे चुके सनम’ पछि भने साथ दिएनन्। आखिर किन त ?

किनकी सलमान र भन्सालीको सहकार्यमा तयार भएको दोस्रो फिल्म हिट भएको थियो। त्यसपछि सलमानले ‘साँवरिया’ मा मात्र केमियो गरे। आज हामी तपाईँलाई सलमान किन रिसाए भन्ने तथ्य बताउँदैछौ। दोस्रो फिल्म ‘हम दिल दे चुके सनम’ सुपरहिट भएपछि सञ्जयले तेस्रो फिल्मको तयारी थाले। 

उनको तेस्रो फिल्म थियो ‘देवदास’। उक्त फिल्ममा सञ्जयले शाहरुख खानलाई लिए र सलमानसँग सल्लाह पनि गरेनन्। आफूले गाह्रो दिनमा सञ्जयलाई सहयोग गरेको तर सफल भएपछि उनले वेवास्ता गरेको लागेपछि सलमान सञ्जयसँग टाढिए।

त्यसपछि ‘साँवरिया’ मा भने उनका मिल्ने साथी अनिल कपूरको आग्रहमा सोनम कपुर र रणवीर कपूरको डेब्यु फिल्म भएकाले सलमान केमियो गर्न तयार भएका थिए। ससलमानले सञ्जयका धेरै फिल्मको अफरलाई अस्वीकार गरेका थिए।न्युज कारखानाबाट

Logo