महानायिकाको उपाधि चाहिदैन, मेरो जीवनमा त्यसको कुनै अर्थ पनि छैनः गौरी मल्ल

महानायिकाको उपाधि चाहिदैन, मेरो जीवनमा त्यसको कुनै अर्थ पनि छैनः गौरी मल्ल


अभिनेत्री गौरी मल्लले आफूलाई महानायिकाको उपाधि नचाहिएको र आफ्ना लागि नाम नै काफी भएको बताएकी छिन् । शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस्तक ‘ब्लु डायरी’को विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । 

‘बेला बेला यो महानायक र महानायिकाको कुराले चर्चा पाउँछ । त्यसमा मेरो पनि नाम आउने गरेको छ । मलाई कुनै पनि किसिमको उपाधि चाहिन्न । मेरा लागि मेरो नाम नै काफी छ,’ गौरीले भनिन् ।
उनले अगाडि भनिन्, ‘आफ्ना आमा बुवाले राखिदिएको नाम सबैलाई प्यारो हुन्छ । मेरी त्यही नामले धेरै नेपाली दर्शकहरूले मलाई चिन्नु पनि हुन्छ । त्यस कारण यो महानायिका वा कुनै उपाधिले मेरो जीवनमा कुनै पनि महत्व राख्दैन।’

उनले फरक सन्दर्भ जोड्दै भनिन् ‘हामी एउटा नयाँ साहित्यिक कार्यक्रम ल्याउने तयारीमा छौ । त्यसको व्यवस्थापनमा तीन चार महिना लाग्न सक्छ । कार्यक्रमको बारेमा पत्रकार सम्मेलन गरेर बताउने छौँ । तर यति चाँही भन्छु कि यो कार्यक्रमको ढाँचा अनुसार नेपालमा मात्र हैन विश्वमै पहिलो कार्यक्रम हुनेछ ।’ यद्यपि कहाँ र कहिलेबाट भन्ने बारेमा भने उनले प्रष्ट पारिनन् । 

Logo