सिरिजमा भन्सालीसँग ‘सलमान’को सहकार्य

सिरिजमा भन्सालीसँग ‘सलमान’को सहकार्य


फिल्म ‘हम दिल दे चुके सनम’लाई दर्शकले रुचाए। फिल्ममा सलमान खान, अजय देवगन र ऐश्वर्या रायको मुख्य भूमिका छ। तर, यस फिल्मपछि सलमानसँग फिल्मका निर्देशक सञ्जय लीला भन्सालीको सहकार्य हुन सकेन। सलमान र सञ्जयबीचमा मतभेद रहँदा केही समय अगाडि मात्र घोषणा भएको फिल्म ‘इन्शाल्लाह’ पनि लगभग नबन्ने वा बने पनि त्यसमा सलमान नरहने तय जस्तै छ।

सलमानलाई लभ स्टोरी फिल्ममा हेर्न चाहेका दर्शक सञ्जयको फिल्म गर्ने खबरले उत्साहित थिए। तर, यो उत्साह धेरै समय टिक्न सकेन। सञ्जयले सलमानसँग कुरा नमिलेपछि प्रोजेक्टलाई थाँती राख्दै ‘गंगुवाइ कठियावाडी’ तयार गरे। पछिल्लो समय उनी ’हिरामंडी’ नामक वेब सिरिजको काममा व्यस्त छन्। 

यता सलमान पनि आफ्नो प्रोजेक्टको लाइनअप गरेर काम गरिरहेका छन्। यसैबीच सञ्जय र सलमानको सहकार्यमा वेब सिरिज निर्माण हुने तय भएको छ। भारतीय मिडियाका अनुसार सलमानको जीवनीमा आधारित रहेर तयार हुने डकुमेन्ट्री सिरिज बियोन्ड द स्टारमा सञ्जयसँग सहकार्य हुने भएको हो।

यस डकु–सिरिजमा सलमानको तीन दशक यताको जीवनीलाई समेटिनेछ। जहाँ उनको स्ट्रगलदेखि पारिवारिक लाइफ, रिलेशनशिप, को–स्टारहरूसँगको सहकार्यलाई देखाइनेछ। सलमानको जीवनसँग जोडिएका निर्माता, निर्देशक तथा एक्टर, एक्ट्रेसहरूलाई सलमान स्वयंले समेत रिक्वेस्ट गरिरहेका छन्।

त्यसैले पनि उनको यो जीवन यात्रामा महत्वपूर्ण निर्देशकको रुपमा भन्साली रहेकाले उनले पनि सहभागिता जनाउने भएका छन्। भन्सालीलाई अप्रोच गरिएपछि उनी तुरुन्तै तयार भए। साथै, उनले आफ्नो भागको छायांकनसमेत सकाइसकेका छन्।

भन्सालीले सलमानसँग मित्रता र दूरी बढ्नुको कारणलाई त्यसमा उल्लेख गरेका छन्। ठूलो ओटीटी कम्पनीले निर्माण गरिरहेको यस डकु–सिरिजमा सलमान खान फिल्म्स पनि निर्माताको रूपमा आवद्ध छ। सलमानको आग्रहमा डकु–सिरिजमा भन्सालीसँग जुरेको सहकार्य फिल्ममा जुर्छ कि जुर्दैन? यो भने आउँदा दिनले नै बताउनेछ।न्युज कारखाना  

Logo