निर्देशक रामगोपाल बर्माले बनाए आर्यन खानको रिहाइको मजाक

निर्देशक रामगोपाल बर्माले बनाए आर्यन खानको रिहाइको मजाक


बलिउड फिल्म निर्देशक तथा निर्माता रामगोपाल बर्माले शाहरुख खानका छोरा आर्यन खान ड्रग्स केसमा धरौटीमा छुटेको विषयलाई मजाकका रूपमा उडाएका छन् । उनले सामाजिक सञ्जालमार्फत आर्यनको मजाक उडाएका हुन् ।

‘हरेक बर्ष तिहारमा एक जना खानको फिल्म रिलिज हुँदै आएको थियो । यो वर्ष पनि एउटा खान रिलिज भएको छ,’ बर्माले ट्विटरमार्फत लेखेका छन् ।
‘सत्या’, ‘रंगीला’, ‘जंगल’, ‘प्यार तुने क्या किया’, ‘कम्पनी’, ‘रोड’, ‘सरकार राज’ जस्ता चर्चित फिल्मका निर्देशक तथा निर्माता वर्मा पछिल्लो समय भने सामाजिक सञ्जालमा अन्टसन्ट ट्विटर तथा स्टाटसका कारण चर्चा र विवादमा परिरहन्छन् । उनले विशेष गरी बलिउड स्टार, स्टारकिड तथा नेताहरूलाई व्यंग्य गर्ने गरेका छन् । यस पटक उनको निशानामा शाहरुख पुत्र आर्यन परे । 

आर्यन शनिवार बिहान जेलबाट रिहा भएर घर गएका थिए । त्यसपछि उनको रिहाइबारे बर्माले ट्विट गरेका हुन् । आफ्नो अभिव्यक्तिका कारण धेरै गाली खाने निर्देशकमा बर्मा पनि पर्छन् ।

 

Logo