नेपाली चलचित्र: भाडामा लिएको रेड ड्रयागनको क्यामरा गुणस्तरहीन परेपछि निर्मातालाई सास्ती

नेपाली चलचित्र: भाडामा लिएको रेड ड्रयागनको क्यामरा गुणस्तरहीन परेपछि निर्मातालाई सास्ती


निर्माता र निर्देशक परिच्छेद सेन चलचित्र प्रेमगन्जको अन्तिम सेड्युलको तयारीमा थिए  । उनको योजना अनुसार सोलुखुम्बुमा पाँच दिन र काभ्रेको नालामा पाँच दिन गरी दस दिनमा सम्पूर्ण छायांकन सकाउने तयारीमा थिए । उनले अनामनगरको सिनेजोन स्टुडियोबाट दस दिनको लागि भनेर रेड ड्रयागन क्यामेरा भाडामा लिए  । क्यामेराले पहिलो दिन बाटै छायांकनमा धोका दिन थाल्यो । क्यामेरामा न त भ्यु फाईन्डर नै चल्थ्यो न त क्यामेराको पूरा सेटप नै थियो । क्यामेराले फुटेज स्टोर कार्ड पनि जम्मा दुईवटा मात्र । 

छायांकन हुँदाहुँदै कार्ड सकिए एक दुई घण्टा कुरेर बस्नु पर्ने हुन्थ्यो । बिहान सात बजे देखि ११ बजे सम्म मात्र आकाश खुल्ने र काम गर्ने पाउने त्यस्तो हिमाली ठाउँमा जाबो कार्ड कपि हुनै एक घण्टा कुर्नु पर्ने भए पछि सिनेमाटोग्राफर सञ्जय लामा दिक्क भएर बस्थे । अझ कुनै कुनै  बेला त  क्यामेराले कार्ड सपोर्ट नै गर्दैन थियो । खिच्दा खिच्दै बिचमा कार्ड ईरर देखाउँथ्यो । खिचेको फुटेज पनि ड्रप भएर उड्थ्यो  ।

सिनेमाटोग्राफरले बिचमा क्यामेरा फिर्ता गर्न पनि खोजेका थिए तर कवाडी सामान भाडामा लगाउँदै निर्माता लुट्न पल्केका सिनेजोनका कामेरा साहुले क्यामेरा फिर्ता गर्न मानेनन् । क्यामेरा फिर्ता भए पनि उनलाई पुरै १० दिनकै पेमेन्ट गर्नु पर्ने सर्त राखे ।

त्यत्रो ६० जनाको युनिट लगेर बसेको छ । सबैको टाइम लिमिट छ । केही दिनमा सबै कलाकार र प्राविधिकलाई छोड्नै पर्ने छ । यही क्यामेराको समस्याले गर्दा तीन  दिन सेड्युल बढी सक्यो । निर्देशक निराश देखिन्थे । अब यसले खिचे खिच्छ नत्र सबै ड्रोन क्यामेराले खिच्छु भन्दै थिए ।

दस दिनमा सम्पूर्ण छाँयाकन सकाउने भनेर गएको युनिट सोलुको सेडुल पनि बल्ल ब्बल्ल सकाएर फर्कियो । दिन पनि बढ्यो , चलचित्रको बजेट पनि बढ्यो , तर निर्माताको समस्या कसले बुझ्दिने । अब बाकी छायांकन भने तिहार पनि गर्ने तयारी हुँदै छ ।

उता अर्को चलचित्र म राजेश हमालले पनि मल्टीमेट स्टुडियोबाट क्यामेरा लगेको थियो । उक्त चलचित्रमा त झन् चार पटक क्यामेरा बिग्रेको थियो । ४५ दिनको लागि बिरगन्ज पुगेको ‘म राजेश हमाल युनिट’ सेड्युल  तहस नहस हुँदा ६५ दिन बस्नु परेको थियो ।

अहिले साधारण भन्दा साधारण  एक नेपाली चलचित्रमा दैनिक तीन लाखको दरले खर्च भइरहेको हुन्छ । एक दिन बढ्दा पनि निर्मातालाई तिन लाखका दरले बजेटले थिच्दै  जान्छ । ‘म राजेश हमाल’ मा अनुमानित बजेट भन्दा झन्डै असी लाख बढी बजेट निर्मातालाई भार परेको थियो भने ‘प्रेमगन्जू मा एक करोड बढी नै बजेट बढेको छ ।  काम ढिला हुने कारण जे भए पनि अन्ततः त्यसको सम्पूर्ण भरपाई निर्माताले नै बेहोर्नु पर्ने हुन्छ ।’

यी गुणस्तर हिन सामानलाई नियन्त्रण गर्ने कसले र कहिले । यी गुणस्तर हिन सामानबाट फाइदा लुट्न खोज्ने कम्पनीहरूलाई कारबाही गर्ने कसले र कहिले ?

Logo