७० दिनमा सकियो “प्रेमगन्ज”को छायांकन, प्रदर्शन मिति तय हुँदै

७० दिनमा सकियो “प्रेमगन्ज”को छायांकन, प्रदर्शन मिति तय हुँदै


निर्देशक परिच्छेद सेनको चलचित्र "प्रेमगन्ज"को सम्पूर्ण छायांकन सकिएको छ। गत वर्ष बैशाखदेखि सुरु भएको चलचित्रको छायांकन यही मंसिर एक गते सकिएको हो। पहिलो लकडाउन सकिएसँगै चलचित्रको सुटिङ सुरु भएको थियो। दोश्रो लकडाउन सुरु भएपछि भने केही समय सुटिङ स्थगित भएको थियो।

देश कोरोना लकडाउनले गर्दा तहसनहस भयो। चलचित्र क्षेत्र त झनै बेजोग भयो। प्रदर्शन हुन तयार चलचित्र रोकिए , सुटिङमा जान तयार चलचित्र पनि रोकिए। तर प्रेमगन्ज निर्माण युनिट भने निर्धक्क चलचित्र निर्माणमा जुटिरह्यो। लकडाउनका कारण सबै प्राविधिक कलाकार कामविहिन हुँदा पनि प्रेमगन्ज टिमले भने अलिकति भए पनि राहत प्रदान गर्यो।

यो दोश्रो लकडाउन यता मात्रै यस चलचित्रले कलाकार तथा प्राविधिक माथि दुई करोड लगानी गर्यो। अर्थात चलचित्रमा  दुई करोड लगानी भयो। यसले कुनै न कुनै रुममा चलचित्र क्षेत्रमा आवद्ध कलाकार प्राविधिकलाई राहत प्रदान गर्यो।

छायांकनमा मात्रै दुई करोड लगानी भएको चलचित्र प्रेमगन्जको क्यामेरा रोल ७० दिन भएको थियो। लगभग दैनिक १.६ मिनेटका दरले छायांकन भएको थियो। चलचित्रको काभ्रेको देउराली, सोलुखुम्बुको पत्ताले, काठमाडौं तथा भक्तपुरको नाला र पनौतीमा दृश्यांकन भएको छ।

बेनिसा हमाल, तेज गिरि र सम्पदा बानियाँको मुख्य भूमिका रहेको चलचित्र मार्फत राईडर प्रसान्त , सुप्रिया खनाल र सिम्रन खड्काले डेब्यु गर्दैछन्। चलचित्र चौतारीले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् भने प्रस्तुतकर्ता राजु फुयाल हुन्।

चलचित्रको छिट्टै नै प्रदर्शन मिति घोषणा हुँदैछ।

Skip This
Logo