महानायक राजेश हमाल जिपलाइफ क्लवमा प्रवेश, खरिद गरे ‘जिप कम्पास’

महानायक राजेश हमाल जिपलाइफ क्लवमा प्रवेश, खरिद गरे ‘जिप कम्पास’


महानायक राजेश हमालले नयाँ जिप खरिद गरेका छन्। उनले नक्सालस्थित जिप सोरुमबाट लेजेन्डरी जिप कम्पासको खरिद गरेका हुन्।

‘मैले युवा अवस्थादेखि नै जिपको बारेमा सुन्दै आएको थिएँ। सुरुका केही चलचित्रको सुटिङमा मैले विलिस जिप पनि चलाएको थिएँ।' नयाँ जिप खरिद गरेपछि हमालले भने, 'म जिपको आइकनिक डिजाइन र अफरोड क्षमताबाट प्रभावित थिएँ। म खुशी छु कि आज मैले जिप किनेँ।’ केही महिनाअघि नयाँ जिप कम्पास सार्वजनिक भएपछि आफू यसबाट प्रभावित भएकाे उनले बताए।

नेपालमा प्रिमियम एसयूभी सेग्मेन्टमा जिपको विक्री उल्लेखनीयरुपमा बढिरहेको छ। 

नयाँ कम्पासमा जिपको आइकनिक स्टाइल, अपडेटेड डिजाइन र नयाँ फिचरहरुको लामो सूची छ। सबैभन्दा महत्वपूर्ण कुरा कम्पासमा जिपको ‘लेजेन्डरी अफरोड क्यापाबिलिटी’ छ जसले चालकलाई जहाँसुकै गरेर जे सुकै गर्न मद्दत गर्छ।

नेपालमा नयाँ जिप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेल गरी चार ट्रिममा उपलब्ध छ। यसको मूल्य ८४ लाख ९० हजारदेखि एक करोड ३६ लाख ९० हजार रुपैयाँसम्म रहेको छ।

Logo