सलमान खानको ‘टाइगर ३’ काे सुटिङ सेटमा कडा नियम

सलमान खानको ‘टाइगर ३’ काे सुटिङ सेटमा कडा नियम


बलिउड सुपरस्टार सलमान खान चाँडै आफ्नो फिल्म ‘टाइगर ३’ को सुटिङ सुरु गर्दैछन्। फिल्ममा उनले अभिनेत्री कटरीना कैफसँग रोमान्स गर्नेछन्।

भारतमा अहिले कोभिड–१९ को संक्रमण दर तिब्र छ। यही कारण सलमानले ‘टाइगर ३’ को सुटिङ सेटमा कडा नियम लगाउँदैछन्। सलमान आफू र आफ्ना वरपरका मानिसलाई सुरक्षित राख्नका लागि कुनै कसुर बाँकी नराख्ने योजनामा छन् । 

उनले प्रोडक्सन हाउसलाई फिल्मको सुटिङ सेटमा कोभिड प्रोटोकललाई अनिवार्य पालना गर्न उर्दी जारी गरेका छन् । उनको उर्दी अनुसार सुटिङका लागि जुन व्यक्तिको आवश्यकता पर्छ, त्यही व्यक्ति मात्र लोकेसनमा उपस्थित हुनुपर्नेछ।

सलमानले अभिनेता इमरान हाशमीसँग केही फाइट सिक्वेन्सको सुटिङ गर्नेछन् । इमरान केही दिनमै सलमानका साथ सुटिङमा जाँदैछन् । यसका लागि सेटमा फाइट कोओर्डिनेटर र एक टीमको उपस्थिति हुनेछ। सलमान आफैं सुटिङ व्यवस्थामा ध्यान दिइरहेका छन्। एक सुरक्षित सुटिङका लागि सबै नियम पालना गर्न आवश्यक छ भन्ने सन्देश दिनका लागि सलमान सक्रिय छन्।

इमरान र सलमान केही अन्तर्राष्ट्रिय द्वन्द्व निर्देशकका साथ एसआरपीएफ ग्राउण्ट सेटमा केही एक्सन सिक्वेन्सको सुटिङ गर्नेछन्। यो सुटिङपछि मात्र अभिनेत्री कटरीना कैफ सेटमा उपस्थित हुनेछिन्।एजेन्सी

Logo