सुप्रसिद्ध भारतीय गायिका लता मंगेशकरको निधन

सुप्रसिद्ध भारतीय गायिका लता मंगेशकरको निधन


सुप्रसिद्ध भारतीय गायिका लता मंगेशकरको निधन भएको छ। ९२ वर्षीया मंगेशकरको आइतबार बिहान मुम्बईको ब्रीच कैंडी अस्पतालमा निधन भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्।

दैनिक भास्करका अनुसार २९ दिनअघि कोरोना संक्रमित भएर अस्पतालमा भर्ना भएकी पाँच दिनअघि रिपोर्ट नेगेटिभ आएको थियो। तर, निमोनिया निको नहुँदा उनलाई आइसियूमा राखेर उपचार गरिएको थियो।

Skip This
Logo