आगामी दशैंमा अनमोल केसीले ‘हनी बनी’ ल्याउने

आगामी दशैंमा अनमोल केसीले ‘हनी बनी’ ल्याउने


अभिनेता अनमोल केसी र सलोन बस्नेतको मुख्य भूमिका रहने फिल्म ‘हनी बनी’ आगामी १४ असोजमा रिलिज हुने भएको छ। दिवाकर भट्टराईको निर्देशन रहने फिल्मले आफ्नो सुटिङअगावै दशैंलाई लक्षित गर्दै रिलिज मिति बुक गरेको हो।

निर्देशक भट्टराईले मार्चबाट फ्लोरमा जाने फिल्मका लागि हाल प्रमुख अभिनेत्रीको छनोट भइरहेको बताए । लन्डनमा छायांकन हुने फिल्मका लागि बाँकी कलाकार चाँडै नै टुंगो लाग्ने उनको भनाइ छ।

एबी इन्टरनेसनलले गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिटेडसँग सहकार्य गरि निर्माण गर्न लागेको फिल्ममा अजितकुमार थापा, अमित बस्नेत र परी राना निर्माता छन्।

अंकित गौतम कार्यकारी निर्माता रहने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन हुनेछ। यही टिमले निर्माण गरेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ। सुदर्शन थापा निर्देशित यो फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको प्रमुख भूमिकामा अभिनय रहेको छ।

Logo