न्यूरोडको रञ्जना सिनेमा हल आजदेखि पुनः सञ्चालनमा

न्यूरोडको रञ्जना सिनेमा हल आजदेखि पुनः सञ्चालनमा


न्यूरोडको रञ्जना सिनेमा हल आज शुक्रबारबाट पुनः सञ्चालनमा आउने भएकाे छ। बन्द भएको वर्षाैंपछि यो हल रञ्जना सिनेप्लेक्सको नाममा सञ्चालनमा आएको हो। रञ्जना सिनेमामा तीन वटा अडिटोरियम रहेका छन्।

१३०, १८० र २५१ सिट क्षमताका भिन्ना भिन्नै अडिटोरियम अत्याधुनिक सेवा सुबिधाका साथ सञ्चालनमा आएको छ। सञ्चालक नरेन्द्र महर्जनका अनुसार सिनेमा प्रोजेक्सनलाई स्तरिय बनाउन फोरके प्रोजेक्सन राखिएको छ। एलडब्ल्यु साउण्ड सिष्टम जडान गरिएको छ। थ्रिडी चलचित्रका पारखीहरुलाई लक्षित गरि हलमा थ्रिडी सिस्टम पनि हलमा जडान गरिएको छ।

विसं. २०१४ सालबाट सञ्चालनमा आएको रञ्जना नेपालकै पुरानो चलचित्र हलमध्येको एक हो। कुनै समय चलचित्र प्रदर्शनका लागि प्रमुख मानिने रञ्जना सिनेमा हल बन्द गर्दै सञ्चालकले सो स्थानमा रञ्जना ट्रेण्ड सेन्टर निर्माण गरेका थिए। 

२०७१ साल साउन २५ गतेबाट रञ्जना ट्रेण्ड सेन्टर सञ्चालनमा आएको थियाे।  कालु गुरुङ, वीरेन्द्रनारायण महर्जन र नरेन्द्र महर्जनको टिमले संचालन गरेको हलमा बिहीबार साँझ विशेष शो आयोजना गरिएको थियो। 

Skip This
Logo