1
0
Shares

चलचित्र कलाकार संघको अध्यक्षमा लामिछाने र खड्काको भिडन्त

1
1
1

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको यही जेठ २५ गते हुने चुनावको लागि नोमिनेसन कार्यक्रम सम्पन्न भएको छ । १८ गते सम्पन्न नोमिनेसन कार्यक्रममा सरिता लामिछानेले अध्यक्ष पदका लागि उम्मेदवारी दिएकी छिन् । उनी हाल संघमा महासचिव पदमा रहेर कार्यभार सम्हालिरहेकी छिन् । अध्यक्ष पदकै लागि अभिनेता रवीन्द्र खड्का प्रतिस्पर्धामा उत्रिएका छन् ।

लामिछाने ०५५ सालदेखि निरन्तर कलाकारिता क्षेत्रमा आबद्ध छिन् । चर्चित टेलिशृंखला ‘मुत्ति’ बाट अभिनय सुरु गरेकी लामिछानेले ‘गहना’, ‘जानकी’, ‘दुई दिनको जिन्दगानी’, ‘चाहना मनको’, ‘परिचय’ लगायत थुप्रै टेलिशृंखलामा अभिनय गरिसकेकी छिन् ।

पछिलो समय टेलिशृंखला ‘दृष्टि’ मा अभिनय गरिरहेकी लामिछानेले ‘सन्तानको माया’, ‘श्रीमान–श्रीमती’, ‘हवल्दार सुन्तली’, ‘फिंगरप्रिन्ट’, ‘सीता’ लगायतका चलचित्रमा अभिनय गरेकी छिन् ।

तस्बिरः उपाध्यक्षकी उम्मेद्वार रेजिना उप्रेती

अध्यक्ष पदमा उम्मेदवारी दिएका कलाकार रवीन्द्र भने कला क्षेत्र छाडेर राजनीतिमा सत्रिय जीवन बिताउँदै आएका छन् । कलाकार संघको यस पटकको चुनावमा सरिता लामिछानेले स्वतन्त्र उम्मेदवारी दिएकी छन् भने उनका प्रतिस्पर्धी रवीन्द्र खड्काले भने पार्टीगत उम्मेदवारी दिएको बताइएको छ ।

त्यस्तै उपाध्यक्षमा पुरानी नायिका रेजीना उप्रेतीले उमेदवारी घोषणा गरेकी छन् । एक समयकी चर्चित नायिका रेजिना अगिल्लो कार्यकाल उपाध्यक्षकै रुपमा पुरा गरिसकेकी छिन् । यस अघि गत चैत्र २३ गते हुने भनिएको चुनाव स्थगित भएको थियो ।

रेजिना यसअघिको जिम्मेवारीमा रहँदा संघ तथा कलाकारहरुको प्रगतिका लागि निरन्तर लागि जिम्मेवारी बहन गर्दै आएकी थिईन् । अबको कार्यकाल मा पनि संघलाई अझ क्रियाशील र रचनात्मक बनाउने प्रयास गर्ने उनले प्रतिबद्धता जनाएकी छन् । संघको प्रगतिका लागि निरन्तर लागिरहने उनको दृढ संकल्प छ ।

प्रकाशित: १९ जेठ २०७६ १६:१८ आइतबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी