अभिनेत्री सोनम कपुरले जन्मदिनमा गरिन् बेबीबम्प फोटोसुट

अभिनेत्री सोनम कपुरले जन्मदिनमा गरिन् बेबीबम्प फोटोसुट


अभिनेत्री सोनम कपुरले आफ्नाे जन्मदिनकाे एक दिनअघि बेबीबम्प फोटोसुट गरेकी छिन् । आज बिहीबार उनले जन्मदिन बनाउँदै गर्दा बुधबार उनले बेबीबम्प फोटोसुट गरेकी हुन् । 

सोनम यतिबेला गर्भवती अवस्थाको महत्वपूर्ण क्षणमा छिन् । उनी र पति आनन्द आहुजा आफ्नो पहिलो सन्तानको पर्खाइमा रहेकै बेला साेनमले जन्मदिनको एक दिनअघि बेबीबम्पको तस्वीर सामाजिक संजाल इन्स्टाग्राममा सार्वजनिक गरेकी हुन् ।

बेबीबम्पको तस्वीर सार्वजनिक गर्दा उनी हात्तीको दाँतबाट बनेको साटनको पहिरनमा देखिएकी छिन्। जसमा मोतीका गहना पनि देख्न सकिन्छ। अबु जानी र सन्दीप खोल्साले यस पहिरनकाे डिजाइन गरेका थिए।

Logo