विराट-अनुष्काकी छाेरी पहिलाे पटक फाेटाेफ्रेममा

विराट-अनुष्काकी छाेरी पहिलाे पटक फाेटाेफ्रेममा


बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीकी छोरी वामिका कोहलीको फोटो हाल सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। 

कोहली छोरी जन्मिएदेखि नै मिडियाबाट निकै टाढा राखिएकाले उनको फोटो सार्वजनिक हुनासाथ अहिले पुनः चर्चामा छिन् । लामो समयदेखि वामिका कोहलीको अनुहार संसारले देखेकाे थिएन, तर एक क्रिकेट म्याचको क्रममा वामिका कोहलीले आफ्नो बुवालाई हात देखाएकी थिइन्। 

त्यो तस्विर सार्वजनिक भएपछि विराट र अनुष्काले त्यो तस्विरलाई जताततैबाट हटाउन भनेका छन्। तर अब फेरि एकपटक वामिका कोहलीको अनुहार सबैको अगाडि आएको छ। यी तस्विरमा उनी निकै क्यूट देखिएकी छिन्। विराट र अनुष्का छोरी वामिकाको यी तस्बिर एयरपोर्टमा लिइएको हो।एजेन्सी

Skip This
Logo