पुष्पा – २ को सुटिङ अर्को महिनाबाट

पुष्पा – २ को सुटिङ अर्को महिनाबाट


अल्लु अर्जुनको निकै मन पराइएको फिल्म ‘पुष्पा’ को सिक्वेल  ‘पुष्पा द रुल’ अर्थात पुष्पा २ को सुटिङ जुलाई महिनाबाट सुरु हुने भएको छ । रिपोर्टका अनुसार निर्देशक सुकुमारले पुष्पा २ को स्क्रिप्ट तयार गरिसकेका छन् । निर्माण पक्षले चलचित्रको बजेट पनि तय गरिसकेको छ र यसको छायांकन साउन महिनाको अन्त्यबाट सुरु हुने बताइएको छ । 
पुष्पा द राइजको ठूलो सफलता पछि, फिल्म निर्माण टोलीले द रुलको स्क्रिप्टमा धेरै परिवर्तनहरू आवश्यक भएको महसुस गरेर निर्देशक सुकुमार  पुष्पा द रुल कथाको पुनःलेखनमा व्यस्त थिए । यसै क्रममा पुष्प २ मा चलचित्र क्षेत्रका ठूला कलाकारहरु देखिने खबर आएको छ । यसो गर्नुको मुख्य कारण पुष्पा २ प्रति बढि भन्दा बढि दर्शक हलसम्म तान्नका लागि गरिएको बुझ्न सकिन्छ । 
यस फिल्मको कथावस्तु यति हिट भयो कि पुष्पाले हिन्दी भाषामा १०० करोडको व्यापार गर्यो । विश्वभर यो फिल्मले ३ सय करोडभन्दा बढी कमाइ गर्यो । नेपालमा पनि पुष्पा फिल्मले निकै राम्रो ब्यापार गरेको थियो । नेपालमा बिदेशी मुलको फिल्म सुल्तान पछि कमाईको मामलामा पुष्पा दोस्रोमा आउछ । पुष्पाले नेपालमा १२.६ करोड पैसा कमाउदा पहिलो नंबरको सुल्तानले १४.२ करोडको व्यापार गरेको थियो । पुष्पाको सफलता पछि अब फ्यानहरु यसको सिक्वेलको प्रतिक्षामा छन् । 

Logo