विश्वकै ‘हेन्डसम’ पुरुष को होलान ?

विश्वकै ‘हेन्डसम’ पुरुष को होलान ?


एउटा विशेष ग्रीक परम्परागत म्यापिङ फर्मुलाले अभिनेता प्याटिसनको अनुहारलाई ‘पर्फेक्ट’ भएको बताएको छ । उनको अनुहारको विशेषताबारे अध्ययन गर्न विशेष प्रविधिको प्रयोग गरियो, जहाँ उनको अनुहार ‘पर्फेक्ट’ रहेको निष्कर्ष निस्कियो ।

उनको आँखा, ओठ र अनुहारको आकारबारे अध्ययन गरेपछि यस्तो निष्कर्ष निकालिएको हो । ब्युटी फाइ भनिने ग्रीकको गोल्डेन रेसियो सिद्धान्तअनुसार यस्तो अध्ययन गरिएको हो, जसअनुसार प्याटिसनको रेसियो १.६१८ पाइयो ।

डेलि मेलका अनुसार प्याटिसनको गोल्डेन रेसियो ९२.१५ प्रतिशत रहेको उल्लेख गरेका थिए । पुनर्जागरणको समयमा ग्रीकहरूद्वारा बनाएको गणितीय विधिलाई प्रयोग गरी वैज्ञानिकहरूले प्याटिसनको अनुहारका अंगहरू जस्तै आँखा, ओठ, निधार, बङ्गारा, आँखी भौं र नाकको मापन गरेका थिए । उनको अनुहार अन्य  सेलिब्रेटीहरू रायन गोस्लिङ, इड्रिस एल्बा, ब्राड पिट र हेनरी क्याभिल लगायत अनुहारसँग तुलना गरिएको थियो । तर ती मध्ये कुनै पनि सेलिब्रिटीको  प्याटिनसनको ’पूर्णता’सँग मेल खान सकेन ।
 

Logo