1
0
Shares

फिल्म ‘लाल सिंह चड्ढा’ को गीत सार्वजनिक

1
1
1

आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ को नयाँ गीत ‘तूर कलियाँ’ सार्वजनिक भएको छ । 

लाल सिंह चड्ढा’ मा आमिर खान र करीना कपुर मुख्य भुमिकामा छन् भने गेस्ट अपिरियन्सका रुपमा शाहरुख खान पनि देखिनेछन् । आमिर चार वर्षपछि फिल्म ‘लाल सिंह चड्ढा’ मार्फत ठूलो पर्दामा पुनरागमन गर्ने तयारीमा छन् ।
 
आमिर लगातार ‘लाल सिंह चड्ढा’  फिल्मको प्रचारप्रसार गरिरहेका छन् । यसै बीच चलचित्र लाल सिंह चड्ढाको ‘तूर कलियाँ बोलको चौथो गीत सार्वजनिक भएको छ । 

 ‘तूर कलियाँ’ गीत अडियो ढाँचामा रिलिज भएको भएपनि चलचित्रको टिमले गीतको शुटिङका लागि विभिन्न ठाउँको भ्रमण गरेको छ । ‘तुर कलियाँ’को सुटिङअघि घुँडाको दुखाईबाट पीडित आमिर खानले यही अवस्थामा यो दृश्यको शुटिङ गरेका थिए ।

रंगिन संसार

प्रकाशित: ३१ असार २०७९ १८:०४ शुक्रबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी