केजीएफ च्याप्टर २ ले बनायो नयाँ रेकर्ड

केजीएफ च्याप्टर २ ले बनायो नयाँ रेकर्ड


रक्की भाइको केजीएफ फिल्मले अल्लु अर्जुनको पुष्पा, राम चरण र जूनियर एनटीआरको आरआरआर फिल्मलाई पछि पारेको छ ।

केजीएफ च्याप्टर २ वर्ष २०२२ को सबैभन्दा हिट फिल्म बनेको छ । अनलाइन प्लेटफममा रिलिज भएपछि दर्शक दिर्घामाझ रक्की भाइको केजीएफ २ को क्रेज घटेको छैन । फ्यानहरुले अनलाइन प्लेटफममा ५ भाषामा रिलिज भएपछि रिलिज (कन्नड, हिन्दी, तेलुगु, तमिल र मलायालम) भएपछि ५ वटै भाषामा  पावर रेटिङका आधारमा ९०+ स्कोर ल्याएको छ । यसका साथै उनले बक्स अफिसमा धेरै कीर्तिमान पनि राखिसकेको छ । 

यसबाहेक, फिल्म सन् २०२२ को आइएमडिपीमा ८.५ स्कोरका साथ वर्षकै सबैभन्दा लोकप्रिय भारतीय फिल्महरू मध्ये एक भएको छ । केजीएफ च्याप्टर २ ले हिन्दी संस्करणमा मात्रै बक्स अफिसमा ४ सय ३० करोड कलेक्सन गरेको छ । यो फिल्मले विश्वव्यापी बक्स अफिसमा ११ सय ८९ करोडको ब्यापार गरेको छ । 

यो सँगै फिल्मले बाहुबली सिक्वेलले ‘बाहुबली : द कन्क्लुजन’ पछिको सबैभन्दा सफल हिन्दी फिल्मको रूपमा आफ्नो नाम दर्ता गर्यो । यो फिल्म इन्दियाभर ६ हजार स्क्रिन र विश्वभर ८ हजार स्क्रिनमा रिलिज भएको थियो ।

केजीएफ च्याप्टर २ यसै वर्ष १४ अप्रिलका दिन वल्र्ड वाइड रुपमा रिलिज भएको थियो । फिल्ममा यश, सञ्जय दत्त, रविना टण्डन र श्रीनिधि शेट्टी मुख्य भूमिकामा थिए । फिल्मको लेखन तथा निर्देशन प्रशान्त नीलले गरेका हुन् ।
 

Logo