एउटा फिल्म हलबाट नउत्रिँदै सौगात र सृष्टिको अर्को फिल्म प्रदर्शन हुने

एउटा फिल्म हलबाट नउत्रिँदै सौगात र सृष्टिको अर्को फिल्म प्रदर्शन हुने


आगामी भदौमा अभिनेता सौगात मल्ल र सृष्टिको दुई चलचित्र एकै साता निरन्तर प्रदर्शनमा आउने भएका छन् ।

एक हप्ताको अन्तरमा दुई चलचित्र प्रदर्शनमा आउँदा आफू दुःखी रहेको सौगातले बताएका छन् । आफ्नो चाहना नभए पनि  दुबै चलचित्रको समय तथा परिस्थितिले एउटै समयमा रिलिज हुन पुगेको उनले बताए । 

दुबै चलचित्र एकैपटक पर्दामा आउँदा दर्शकहरु झुकिने डर रहेको बताउदै उनले भने, ‘दुईटा फिल्म सँगै नआइदियोस् भन्ने मलाई पनि लाग्छ ।’ 

कथावस्तुले गर्दा ‘राधा’ तीजमै रिलिज गर्नुपर्ने भएको र ‘माइकल अधिकारी’ तीन वर्षअघि बनेकाले धेरै समय राखिराख्न नमिल्ने साथै हलिउड र बलिउडका चलचित्रसँग पनि बचेर रिलिज गर्नुपर्ने लगायतका कारणले गर्दा रिलिजको समय सँगसँगै परेको बताए ।
 
उनले दुवै फिल्मको कथा र पात्र राम्रो भएकाले  दर्शकलाई चलचित्र मनपर्ने विस्वास व्यक्त गरेका छन् ।

Logo