नेपालमा बाघको संख्या बढेकोमा हलिउड अभिनेता लियोनार्डोले दिए बधाइ

नेपालमा बाघको संख्या बढेकोमा हलिउड अभिनेता लियोनार्डोले दिए बधाइ


नेपालमा बाघको संख्या दोब्बर बढेकोमा हलिउडका चर्चित अभिनेता लियोनार्डो डिक्याप्रियोले बधाइ दिएका छन् । 

नेपाल २०१० मा लिएको बाघको संख्या दोब्बर बनाउने लक्ष्यमा सफल भएकोमा उनले समाजिक सञ्जालमा स्ट्याटस राख्दै बधाइ दिएका हुन् । 

हालै सकिएको सन् २०२२ को सर्वेक्षण अनुसार नेपालमा बाघको संख्या ३५५ रहेको बताउँदै उनले भने, ’सन् २०२२ को सर्वेक्षण अनुसार नेपालमा  हाल बाघको संख्या ३५५ छ । सन् २०१० मा यो संख्या १२१ मात्र थियो। यो एक अविश्वसनीय उपलब्धी हो।

विगत १२ वर्षदेखि नेपाल सरकार वन्यजन्तु संरक्षणमा लागेको प्रमाण हो।’बाघको संख्या बढेपछि यसले सिकार गर्ने संख्या पनि बढ्ने भएकोले उनले बाघबाट जोगिन कदम चाल्नुपर्ने बताएका छन्।’ 

गत वर्षको मंसिर १९ गते सुरु भएर फागुन २८ गते सम्पन्न बाघ गणनामा सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा रहेको उल्लेख छ । 

जहाँ १ सय २८ बाघ छन् । दोस्रोमा बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५ र तेस्रो बढी पर्सा राष्ट्रिय निकुञ्जमा ४१ बाघ छन् । यस्तै चौथो शुक्ला फाँटा राष्ट्रिय निकुञ्जमा ३६ र पाँचौं बाँके राष्ट्रिय निकुञ्जमा २५ बाघ रहेको गणना रिपोर्टले देखाएको छ ।

Logo