1
0
Shares

‘परदेशी २’को ‘के वर मागी फर्क्यौ...’ गीत सार्वजनिक

1
1
1

आज साउनको तेस्रो सोमबार । साउन महिनामा नारीहरुले सोमबारको दिन ब्रत बसि भगवान शिवलाई राम्रो बर माग्ने गर्छन ।

आजकै दिनलाई अवसर बनाएर  प्रकाश सपुत र केकी अधिकारी स्टारर फिल्म ‘परदेशी २’को ‘के वर मागी फर्क्यौ...’ गीत सार्वजनिक भएको छ । गीतमा रमेश पौडेलको शब्द, नारायण रायमाझीको संगीत र निशान भट्टराईको स्वर छ । रोमान्टिक शैलीको यो गीतमा प्रकाश र केकीको प्रेम दर्शाईएको छ । 

आगामी असोज १४ गते रिलिजको तयारीमा रहेको ‘परदेशी २’लाई नारायण रायमाझीले निर्देशन गरेका हुन् भने निर्माता राजेश वंशल र नारायण रायमाझी हुन् । फिल्ममा प्रकाश र केकीका साथै वर्षा सिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतले अभिनय गरेका छन् ।

फिल्म मानकृष्ण महर्जनको छायांकन, दीर्घ गुरुङको सम्पादन र रमेश बीजीकाे कथामा निर्माण भएकाे हाे ।

सिनेजगत

प्रकाशित: १६ साउन २०७९ १८:१५ सोमबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी