तीन महिना भित्र बिदेशी फिल्म खरिद गर्न २१ करोड ४२ लाख बाहिरियो

तीन महिना भित्र बिदेशी फिल्म खरिद गर्न २१ करोड ४२ लाख बाहिरियो


वैशाख देखि असार महिना अर्थात तीन महिने अवधिमा विदेशी फिल्मको अधिकार खरिद गरेबापत नेपालबाट २१ करोड ४२ लाख रुपैयाँ विदेशिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिक प्रगति विवरणमा उक्त कुरा उल्लेख छ । १० करोड १ लाख रुपैयाँ बराबरको भारु र ११ करोड ४० लाख रुपैयाँ बराबरको अमेरिकी डलर विदेश पठाउन सिफारिस भएको हो ।

निर्माताले विदेशी फिल्म जस्तै स्पाइडरम्यान, डक्टर स्ट्रेन्ज, आरआरआर, केजीएफ : च्याप्टर २, पुष्पाजस्ता फिल्म नेपालमा ल्याउन सबैभन्दा बढी रकम विदेशी कम्पनीलाई तिरेको अनुमान छ । विदेशका लागि छुट्याइएको सो रकममा फिल्मले नेपालमा के कति व्यापार गर्यो भनेर समावेश गरिएको छैन । 
नेपाली फिल्म वितरकले यसै साता आमिर खानको आउदै गरेको फिल्म ‘लाल सिंह चड्डा’का लागि भारतीय फिल्म वितरकलाई २ करोड रुपैयाँ तिरिसकेको छ ।
 

Logo