फिल्म ‘एक भिलेन रिटर्न्स’ सुपर फ्लप

फिल्म ‘एक भिलेन रिटर्न्स’ सुपर फ्लप


बलिउड फिल्म  ‘एक भिलेन रिटर्न्स’ सुपर फ्लप भएको छ । फिल्म  ‘एक भिलेन रिटर्न्स’ ले बक्स अफिसमा ठूलो धमाका गर्ने फ्यानहरुले अपेक्षा गरेका थिए। तर, फिल्मको कलेक्शनले सबैको आशालाई ध्वस्त पारेको छ ।

मंगलबारको कमाई सहित ‘एक भिलेन रिटर्न्स’ ले अहिलेसम्म करिब २९.२६ करोड मात्र कमाएको छ । यदि फिल्मले बक्स अफिसमा यस्तै व्यापार गरिरह्यो भने पहिलो सप्ताहन्तमा यसको कलेक्सन करिब ३१ करोड मात्र पुग्ने छ ।
‘एक भिलेन रिटर्न्स’ गत शुक्रबारबाट हलमा रिलिज भएको थियो । अर्जुन कपुर, तारा सुतारिया, दिशा पटानी र जोन अब्राहम स्टारर फिल्मलाई दर्शकले निकै रुचाइएका कलाकार फिल्ममा छन । 

जुलाई २९ मा रिलिज भएको एक भिलेन रिटर्न्सले बक्स अफिसमा ७.५ करोडको खाता खोलेको थियो । फिल्म रिलिज भएको चार दिन बितिसक्दा पनि एक भिलेन रिटर्न्सले अहिलेसम्म २६.५० करोडको व्यापार मात्र गर्न सकेको छ । योसँगै फिल्मको पाँचौं दिनको कलेक्शन पनि सार्वजनिक भएको हो ।
बक्स अफिस इन्डियाको रिपोर्ट अनुसार मोहित सुरीको फिल्म  ‘एक भिलेन रिटर्न्स’ले मंगलबार करिब २.७० करोड कमाएको छ ।
 

Logo