आमिरको लाल सिंह चड्डा ११ अगष्टदेखि प्रदर्शनमा आउँदै

आमिरको लाल सिंह चड्डा ११ अगष्टदेखि प्रदर्शनमा आउँदै


११ अगस्टमा आमिर खान स्टारर  ‘लाल सिंह चड्डा’ प्रर्दशनमा आउँदैछ । यो फिल्म टम ह्यांक्सको ब्लकबस्टर फरेस्ट गम्पु को हिन्दी रिमेक हो ।
बलिउडका एकदमै ठूला ठूला फिल्महरु पनि फ्लप भईरहेको बेला आमिर खान अभिनित फिल्म लालसिंह चड्ढाकाे नतिजा कस्तो आउँछ ? हेर्न बाकी छ ।  
 ‘लाल सिंह चड्डा’ एक ठूलो फिल्म हो । अक्सर अभिनेता आमिर खानको फिल्महरुले बक्स अफिसमा राज गर्ने गर्छन । शम्शेरासहित ठूलो बजेटको फिल्म एक भिल्लेन रिर्टन्स नराम्रो तरिकाले फ्लप भएको छ । यस्तो बेलामा  ‘लाल सिंह चड्डा’ को कमाई यतिबेला बलिउडको लागि अग्नी परिक्षा जस्तो सावित भएको छ । फिल्म चल्ने नचल्ने अन्योल नै रहदा लालसिंह चड्ढालाई २ करोडमाथिको रकममा किनेर नेपालमा प्रदर्शन गरिने भएको छ ।

पछिल्लो समय वितरण गरेको पुष्पा, आरआरआर भन्दा महँगो रकममा फिल्मलाई नेपाल भित्र्याइएको नेपाल वितरक मनोज राठीले जानकारी दिएका छन । 
 

Logo