पुष्पा–२ को संगीत मजबुत बनाउने तयारी

पुष्पा–२ को संगीत मजबुत बनाउने तयारी


‘पुष्पा–१’ का लागि संगीत सृजना गरेका देवी श्रीप्रसाद अहिले ‘पुष्पा–२’ मा काम गरिरहेका छन् । रकस्टार डीएसपी भनेर चिनिने सांगीतिक प्रतिभाले पुष्पा–२ को संगीतलाई पहिलाको भन्दा राम्रो बनाउन समय लगाएर काम गरिरहेका छन् ।

अल्लु अर्जुन स्टारर ‘पुष्पास् द राइज’ ले बक्स अफिसमा धमाका मचाएको थियो। यसले  दक्षिण भारतीय चलचित्रहरूको लागि बक्स अफिसमा राम्रो प्रदर्शन गर्ने मार्ग प्रशस्त गरेको थियो । फिल्ममा रश्मिका मन्डन्ना र फहद फासिलको पनि मुख्य अभिनय रहेको छ । हाई ओक्टेन ड्रामा बाहेक फिल्मका गीतहरु पनि चार्ट बस्टर बनेका थिए ।

सामन्था रुथ प्रभु अभिनित श्रीवल्ली देखि ऊ अन्तावा सम्म  पुष्पा द राइजका गीतहरू चर्चित बनेका थिए । त्यसैले पनि निर्माताहरूले पुष्पाको लागि उत्कृष्ट संगीत सिर्जना गर्न सक्दो प्रयास गरिरहेको देखिन्छ । पहिलाको भन्दा राम्रो सिक्वल बनाउने दवाब निर्माण टोलीलाई बढेको छ ।

Logo