चर्चित अभिनेता मिथिलेश कुमारको निधन

चर्चित अभिनेता मिथिलेश कुमारको निधन


भारतका चर्चित अभिनेता मिथिलेश कुमारको निधन भएको छ । उनी लामो समयदेखि मुटुसम्बन्धी समस्याबाट पीडित थिए । 

मिथिलेशको हिजो साँझ लखनउमा उनको उपचारका क्रममा निधन भएको हो ।

भारतीय सञ्चार माध्यमा अनुसार मिथिलेशलाई केही दिन अघि हृदयघात भएपछि उनी आफ्नो गृहनगर लखनउमा गएका थिए । 

मिथिलेशले सन् १९९७ मा भाइ भाइ फिल्मबाट बलिउडमा डेब्यू गरेका थिए । त्यसपछि उनले सत्ता, ताल, फिजा, रोड, कोई मिल गया, गान्धी माई फादर र बंटी बबली जस्ता फिल्ममा काम गरे। उनले २०२० मा श्रृंखला स्क्याम १९९२ बाट आफ्नो डिजिटल डेब्यू गरे ।

यसबाहेक उनले रंगमञ्चमा पनि निकै सक्रिय थिए । उनले प्रेम तिवारी, बन्सी कौल, दीना नाथ, उर्मिल थपलियाल र अनुपम खेरले निर्देशन गरेका नाटकमा अभिनय गरेका छन् ।

मिथिलेशको निधनको खबर उनका ज्वाई आशिष चतुर्वेदीले सामाजिक सञ्जालमार्फत दिएका छन । आशिषले सामाजिक सञ्जालमा मिथिलेशको तस्वीर सेयर गर्दै लेखे, , ‘हजुर  संसारकै उत्कृष्ट पिता हुनुहुन्छ । हजुरले मलाई ज्वाइँ होइन, छोराको जस्तो माया दिनुभएको थियो । हजुरको आत्माले शान्ति पाओस् ।’

Logo