फिल्म ‘लाखे’को प्रदर्शन मिति परिर्वतन

फिल्म ‘लाखे’को प्रदर्शन मिति परिर्वतन


भदौ ३१ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘लाखे’को प्रदर्शन मिति परिर्वतन भएको छ । मिति परिर्वतन गर्दै कात्तिक ११ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ ।

 भिएफएक्स, मिक्सिङ्ग लगायतका प्राविधिक काम भारतको मुम्बईमा भइरहेकाले भदौ ३१ मा प्रदर्शन गर्न असम्भव भएपछि प्रर्दशनको मितिनै परिर्वतन गरिएको हो । फिल्मको टिजर गत महिना सार्वजनिक गरिएको थियो । 

निर्देशक सम्राट बस्नेतले निर्देशन गरेको यस फिल्ममा हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् । फिल्ममा सौगात मल्ल, अनुप विक्रम शाही, वर्षा राउत, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, अर्पण थापा, रोहित रुम्बा, सन्जोग राणाको अभिनय रहेको छ ।

Logo