फिल्म ‘छड्के २’ को तयारी यसरी गर्दैछन् अनमोल

फिल्म ‘छड्के २’ को तयारी यसरी गर्दैछन् अनमोल


अभिनेता अनमोल केसी नयाँ फिल्म ‘छड्के २’ तयारीका लागि चितवनको भरतपुरमा रहेका छन् । 

फिल्म ‘छड्के २’ को अहिले भरतपुरमा वर्कसप भईरहेको छ । सोमवार निर्माण टिमले सार्वजनिक गरेको वर्कसपका तस्विरहरुमा निर्देशकसहितको टिमसँग फिल्मको क्यारेक्टरका लागि अनमोलले निकै मिहेनत गरिरहेको देखिन्छ । तस्विरमा अनमोलको मूड र लुक्स हेर्दा फिल्ममा उनी रिसाहा भूमिकामा प्रस्तुत हुनेछन् ।  

निर्देशक तथा लेखक निगम श्रेष्ठले वर्कसपमा अनमोलले क्यारेक्टरलाई जीवन्त बनाउन गरेको अथक मिहेनतबाट आफू प्रभावित भएको बताए । 
अनमोलले वर्कसपमा मिहेनत गरेको तस्विरहरुले नै दर्शकलाई फिल्मप्रति कौतुहलता र उत्सुकता जगाउन सक्ने श्रेष्ठले आशा व्यक्त गरे । काभ्रे फिल्म्सको ब्यानरमा बन्ने ग्याङ्गस्टर फिल्मको छायांकन सेड्युल ६० दिनको रखिएको छ । लक्ष्मण काफ्ले पनि निर्माता रहेको फिल्ममा अनमोलसँगै रविन तामाङ, कमलमणी नेपालको पनि मुख्य भूमिका रहनेछ ।

Logo