चार पटकको ग्रामी विजेता पपस्टार ओलभिया न्युटन जोनको निधन

चार पटकको ग्रामी विजेता पपस्टार ओलभिया न्युटन जोनको निधन


प्रख्यात पप गायिका, अभिनेत्री तथा चार पटकको ग्रामी अवार्ड विजेता ओलिभिया न्यूटन जोनको ७३ वर्षको उमेरमा निधन भएको छ ।

निकै प्रसिद्ध ग्रीस फिल्ममा देखिएकी ओलिभिया पछिल्लो ५ वर्षदेखि स्तन क्यान्सरसँग लडिरहेकी थिइन् । ओलिभियाका पति जोन इस्टरलिङले इन्स्टाग्राममा एक पोस्ट लेखेपछि यस विषयका बारेमा सबैले थाहा पाएका थिए । जोनका अनुसार ओलिभिया न्यूटन जोनको मंगलबार बिहान क्यालिफोर्नियामा निधन भएको हो । उनी अन्तिम पटक आफ्नो परिवार र साथीहरूसँग थिइन । 

ओलिभिया र जोनको क्लो लतान्जी नामको एउटा छोरी पनि छ । यद्यपि न्युटनको मृत्यु कसरी भयो भन्ने अहिलेसम्म स्पष्ट भइसकेको छैन तर २०१७ मा उनलाई स्तन क्यान्सर भएको पत्ता लागेको थियो । उनको यो रोग तेस्रो पटक सार्वजनिक भएको हो । फक्स न्युजका अनुसार अष्ट्रेलियाली गायिकाले फिजिकल, युर द वन   जस्ता धेरै हिट गितहरू दिएकी छिन् । सुपरहिट फिल्म ‘ग्रीस’ मा उनले गरेको अभिनयका कारण उनलाई आज सबैले चिन्दछन् । 

Logo