सलमानको ‘एक था टाइगर ३’ सन् २०२३ को ईदमा रिलिज हुने

सलमानको ‘एक था टाइगर ३’ सन् २०२३ को ईदमा रिलिज हुने


भारतीय अभिनेता सलमान खानको नयाँ फिल्म ‘एक था टाइगर ३’ आगामी वर्ष सन् २०२३ मा ईदको अवसरको मौका पारी प्रदर्शन हुने भएको छ ।

सलमान खान २०२३ को ईदमा आफ्ना फ्यानहरूलाई मनोरञ्जन दिन तयार भएका छन् । यस वर्ष सलमानको कुनै फिल्म रिलिज नभए पनि उनी अर्को वर्ष ‘एक था टाइगर ३’ मार्फत सिनेमामा फर्किने भएका छन् । 

आज अगस्ट १५ एक था टाइगरको १० औं वार्षिकोत्सवको अवसरमा सलमानले ‘एक था टाइगर ३’ को रिलिज मिति सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत सार्वजनिक गरेका छन् । कट्रिना कैफ र सलमान खानको मुख्य भूमिका रहेको यो फिल्म हिन्दी, तमिल र तेलुगु गरी तीन भाषामा रिलिज हुनेछ । 

यशराज फिल्मसले पनि आफ्नो आधिकारिक युट्युब ह्यान्डलमा एक था टाइगर फिल्मको विशेष झलक राखेको छ । क्याट्रिना कैफ ‘एक था टाइगर ३’ बाहेक, सलमान खानले सो वर्ष ‘कभी ईद कभी दिवाली’ फिल्ममा सुपरस्टार पूजा हेजसँगै देखिनेछन् ।

Skip This
Logo