आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ले बक्स अफिसमा लगातार संघर्ष गरिरहेको छ ।
फिल्मले ४ दिनमा यति कम कलेक्शन गरेको छ कि यो आमिर खानको पछिल्लो १० वर्षमा सबैभन्दा कम कलेक्सन गर्ने फिल्म मध्ये एक भएको छ ।
आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ हलमा रिलिज हुनुभन्दा पहिल्यै नै विवादमा आएको थियो । फिल्मलाई लिएर आमिर खानमाथि रिलिज अघि र रिलिज पछि पनि चौतर्फी हमला भइरहेको छ ।
विवादकै कारण फिल्मको कमाईमा परेको नकारात्मक प्रभाव प्रष्ट देखिएको छ । फिल्मको बजेट १ सय ८० करोड भएकाले यस्को सुरुआति कमाईलाई आधार मान्ने हो भने यो फिल्मले आफ्नो बजेट पनि कमाउन नसक्ने आँकडाले देखाएको छ । समग्रमा लालसिंह चड्डाका लागि आगामी समय झनै कठिन हुने देखिन्छ ।
बक्स अफिसमा लगातार संघर्ष गरिरहेको लाल सिंह चड्डाले प्रत्येक दिन औसत ९.८५ देखि १०.६५ करोडसम्मको व्यापार गरिरहेको छ । बलिउड हंगामाको रिपोर्टका अनुसार यो फिल्मले ४ दिनमा जम्मा ३८.७५ करोडको मात्र ब्यापार गरेको छ ।
सिनेमाप्रकाशित: ३० साउन २०७९ १४:१५ सोमबार