आमिरको ‘लाल सिंह चड्डा’ र अक्षयको ‘रक्षाबन्धन’पछि ट्विटरमा ‘ब्रह्मास्त्र’ फिल्मको बहिष्कार

आमिरको ‘लाल सिंह चड्डा’ र अक्षयको ‘रक्षाबन्धन’पछि ट्विटरमा ‘ब्रह्मास्त्र’ फिल्मको बहिष्कार


बलिउड यतिबेला अनौठो अवस्थाबाट गुज्रिरहेको छ । फिल्म रिलिज हुनुअघि नै ट्विटरमा बलिउड फिल्महरु बहिष्कारको ट्रेन्डमा फस्न थालेका छन् । यसको पछिल्लो शिकार अक्षय कुमार र आमिर खान हुन् । अक्षयको रक्षांबन्धन र आमिरको लाल सिंह चड्ढाले बक्स अफिसको निकै खराब प्रदर्शनलाई उदाहरणको रुपमा हेर्न सकिन्छ । 

यी दुवै चलचित्रले ४ दिनमा ५० करोड पनि कमाउन सकेका छैनन् । यी सबै हुनुको पछाडी बलिउडका नायक र नायिकाको व्यवहार र बोलाइलाई कारण मानिएको छ ।  

आमिर खानले आफ्नो फिल्म ‘लाल सिंह चड्डा’ बारम्बार निकै सुन्दर बनाएको छु हेर्न जानुस् भनी भन्दा पनि उनको कुरा कुनै दर्शकले सुनेनन । अहिले सामाजिक सञ्जाल टिविटरमा ह्यासट्याग बोयकट ब्रह्मास्त्र ट्रेन्डिङ भइरहेको छ । यो फिल्मको निर्देशक आयन मुखर्जी हुन् । 

यो फिल्म करण जोहरको धर्मा प्रोडक्सनमा बनेको हो । रियल लाइफ जोडी आलिया भट्ट र रणवीर कपुर पहिलो पटक फिल्ममासँगै देखिने भएका छन् । आलिया र रणवीरको ब्रह्मास्त्र ३ देखि ५ सय करोडको बजेटमा निर्माण भएको आकलन छ । ब्रह्मास्त्रमा आलिया भट्ट, रणवीर सिंह, अमिताभ बच्चन, मोनी रोय र नागार्जजुन अक्किनेनी लगायत कलाकारहरुको अभिनय रहेको छ ।

Logo