प्रयोगमा नआएका हिमालहरुमा आरोहण खुला गरिने

प्रयोगमा नआएका हिमालहरुमा आरोहण खुला गरिने


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अहिले प्रयोगमा नआएका नयाँ हिमालहरुमा आरोहण खुला गर्ने बताएका छन् । आइतबार नेपाल पर्वतारोहण संघको ३२ औं साधरण सभालाई सम्बोधन गर्दै उनले सरकारले ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका नयाँ हिमालहरुमा पर्वतारोहणको लागि अनुमति दिने तयारी गरेको बताएका हुन् ।

उनले कुन–कुन हिमालहरुमा आरोहण गर्न सकिन्छ र कुन–कुन हिमालहरुमा आरोहण खुल्ला गर्दा पर्यटन आगमन बढेर त्यो क्षेत्रको जनजीवनलाई समेत लाभावित बनाउन सकिन्छ भन्ने कुराको समिक्षा गरेर हिमाल आरोहणको अनुमति दिने बताए ।  

सरकारले विगतमा एक वर्षको लागि भ्रमण वर्ष तोकेर काम गर्ने प्रचलन अन्त्य गरी अब एक वर्षको भ्रमण वर्ष भई  २०२३ देखि २०३३ सम्म नेपाल भ्रमण दशक घोषणा गरेर पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउने उनको भनाइ छ । 

 

Logo