प्रदीप खड्काको अभिनयमा चलचित्र ‘प्रकाश’ निर्माणको घोषणा

प्रदीप खड्काको अभिनयमा चलचित्र ‘प्रकाश’ निर्माणको घोषणा


कोरोनाले थलिएको चलचित्र क्षेत्र बिस्तारै तङ्ग्रिँदै जाँदा नेपाली चलचित्र निर्माणका घोषणा बढ्दै गएका छन् । यसैबीच नेपाली कथानक चलचित्र ‘प्रकाश’को पनि औपचारिक रुपमा निर्माणको घोषणा गरिएको छ । मंगलबार काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्र ‘प्रकाश’ निर्माणको घोषणा गरिएको हो ।  

फागुनको दोस्रो साताबाट फ्लोरमा जाने चलचित्रमा अभिनेता प्रदीप खड्का र रेनु योगी मुख्य भूमिकामा रहनेछ । चलचित्रमा  प्रदीप र रेनुसँगै दिया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थीलगायत कलाकारको अभिनय रहनेछ ।  

चलचित्रमा दिनेश राउतको निर्देशन र विकास सुवेदीको कथा रहनेछ ।

 

Skip This
Logo