चलचित्र पत्रकारसंघद्वारा आयोजित ‘फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला’ सुरु

चलचित्र पत्रकारसंघद्वारा आयोजित ‘फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला’ सुरु


नेपाल चलचित्र पत्रकारसंघद्वारा आयोजित ३ दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला शुरु भएको छ । कार्यशाला काठमाडौंको चावहिलस्थित नेपाल चलचित्र विकास बोर्डमा औपचारिक उद्घाटन समारोहसहित बिहिबारदेखि सुरु भएको हो ।

विशेष गरेर चलचित्र पत्रकारिता र त्यससँग जोडिएको फोटो तथा भिडियो पत्रकारितालाई थप मर्यादित, प्रभावकारी, पत्रकारहरूको कार्यशैलीमा आधुनिक र सकारात्मक परिवर्तनको उद्देश्यका साथ कार्यशालाको आयोजना गरिएको उद्घाटन समारोहमा बोल्दै चलचित्र पत्रकारसंघका अध्यक्ष दिनेश सिटौलाले बताए ।

समारोहमा नेपाल चलचत्रि विकास बोर्डका अध्यक्ष दयाराम दाहालले संघले आयोजना गरेको ३ दिने कार्यशालाको सफलताका लागि शुभकामना दिएका थिए । उनले नेपाली चलचित्र पत्रकारहरूको स्थान अन्य पत्रकारहरूभन्दा माथि र विशिष्ट रहनु पर्ने भएपनि त्यो हुन नसकिरहेको अवस्था रहेको भन्दै अब, त्यस विषयमा संघ र पत्रकारहरू स्वयंले पनि समीक्षा गरेर अघि बढ्नु पर्ने बेला आएको सुझाव समेत दिए ।

Logo