एक दशकपछि ‘वनमा खयर’ लिएर आए गायक घमेश दुलाल (भिडियोसहित)

एक दशकपछि ‘वनमा खयर’ लिएर आए गायक घमेश दुलाल (भिडियोसहित)


लोकदोहोरी क्षेत्रमा राज गर्न सफल गायक घमेश दुलाल एक दशक भन्दा वढीसम्म गुमनाम भए । उनका गीतहरु सुन्न श्रोता तथा दर्शकले रेडियोमा कान थाप्नु पर्थ्यो कि युट्युवमा खोज्न थाल्नु पर्थ्यो ।

उनका शुभचिन्तकको मनमा लागेको थियो, अब घमेश दुलालका नयाँ गीतहरु आउने छैनन् । उनका चर्चित गीतहरु नारायण थानमा गेट, दमौलीमा गेट, घर हाम्रो रामेछाप, आमाको आशीर्वाद, अन्तिम चिट्ठी आदि दर्जनौं गीतहरुले श्रोता तथा दर्शकको मनमा अड्डा जमाएर बसिरहेका छन् ।

गुमनाम जस्तै भएका गायक घमेशको जीवनले कोल्टे फेरेको छ, पछिल्लो समयमा उनी हरेक दिन जसो नयाँ सृजनामा तल्लिन छन् । केहि समय अघि देखि चाडपर्व केन्द्रीत लोकगीतहरु गर्दै आएका घमेश दुलाल लोकदोहोरीका नयाँ तथा पुराना भाका संरक्षण तथा प्रवर्धनमा लागि परेका छन् । काठमाडौंको अनामनगर घट्टेकुलो चोकमा एक्सन स्टुडियो नेपाल रेकर्डिङ स्टुडियो संचालनमा ल्याएका छन् । यसकै उपज हो ११ वर्ष पछिको उनको पुनरागमनसहितको नयाँ लोक दोहोरी गीत वनमा खयर।

यसमा घमेशलाई युवा पुस्ताकी प्रतिभाशाली गायिका प्रविशा अधिकारीले साथ दिएकी छिन् । चर्चीत रचनाकार शिव हमालले यो गीतको शब्द रचना गरेका छन् । गीतमा संगीतकार तथा गायक प्रभावन जे को संगीत रहेको छ । घमेश र प्रभावन जे २ दशक अघिदेखि रेडियो नेपालमा गीत गाउँदा समय देखिका दौंतरी समेत हुन् । गीतको संगीत संयोजन चर्चित एरेन्जर कमल सौरागले गरेका हुन् ।

डिएआर मुभिजको अफिसियल च्यानलबाट दर्शक तथा श्रोता माझ आउन लागेको गीतको भिडियोमा निकै मिहेनत गरिएको डिएआर मुभिजका राजाराम गौतमले बताए । भिडियोमा चर्चित कलाकार बुद्धि तामाङ, सत्यकला बम्जन र पुरु सिग्देलको अभिनय रहेको छ । वरिष्ठ नृत्य निर्देशक कमल राईले भिडियो निर्देशन गरेका छन् भने छायांकन हरिष मेहेरा, कलर तथा सम्पादन डिनशन शाहले गरेका छन् । सोलुखुम्बुको रमणिय स्थलमा भिडियो छायांकन गरिएको डीएआर मुभिजका विवेक चौलागाईले बताए ।

केही समय अगाडि भुल लोकदोहोरी गीतमार्फत घमेश दुलाल आउने चर्चा भएको थियो । भुलमा लोकप्रिय गायिका अन्जु पन्तले घमेशलाई साथ दिएकी छिन् । उक्त गीतको सुटिङ गर्न उपयुक्त समयको पर्खाईमा रहेकाले वनमा खयर त्यो भन्दा अगाडि आएको एक्सन स्टुडियोका संचालक तथा गायक श्याम धितालले बताए । यसपछि पनि उनका लगातार गीत आउने तयारीमा रहेका छन् । भिडियो :

Logo