बलिउडमा कोरोनाको कलह : अभिनेता अक्षय कुमार, बिक्की कौशल र अभिनेत्री भूमि पेडनेकर संक्रमित

बलिउडमा कोरोनाको कलह : अभिनेता अक्षय कुमार, बिक्की कौशल र अभिनेत्री भूमि पेडनेकर संक्रमित


बलिउड अभिनेता अक्षय कुमार र बिक्की कौशल तथा बलिउड अभिनेत्री भूमि पेडनेकर कोरोनाको चपेटामा परेका छन् । अक्षय अयोध्यामा नयाँ सिनेमा ‘रामसेतु’को छायांकन गरिरहेको बेलामा संक्रमित भएका थिए । अक्षय आफैंले सोशल मिडियामार्फत आफू संक्रमित भएको जानकारी आइतबार दिएका थिए । 

५३ वर्षीय अभिनेता अक्षयले लेखेका थिए ‘मेरो आज बिहानै कोरोना परिक्षणको नतिजा सकारात्मक आएको सबैलाई जानकारी गराउँछु । सबै मापदण्डहरु अपनाइरहेको छु । मैले आफूलाई परिवारबाट अलग गरिसकेको छु । हाल म होम क्वारेन्टाइनमा छु र मैले आवश्यक चिकित्सा सहयोग पनि लिइरहेको छु । चाँडै संक्रमण मुक्त भई फेरी काममा फर्किनेछु ।’ 

अक्षय बाहेक ‘रामसेतु’का अन्य ४५ कनिष्ठ कलाकारहरुमा पनि कोरोना संक्रमण देखिएको छ ।  यससँगै सिनेमाको छायांकन रोकिएको छ । हाल उनीहरु सबै आइसोलेसनमा बसिरहेका छन् । यस्तै अक्षय कुमारलाई भने संक्रमण आज पवईको हीरान्दानी अस्पतालमा भर्ना गरिएको छ । अक्षयलाई आइतबार संक्रमण पुष्टि भएको थियो । 

यस्तै अभिनेत्री भूमि पेडनेकर र बिक्की कौशलले सोशल मिडियामा आफू संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । भूमिले लेखेकी छिन्,  ‘मलाई कोरोनाका लक्षणहरु देखिएको छ । म डाक्टरको साथमा छु र सबै सावधानीहरु अपनाइरहेकी छु । जो कोही मानिसहरु मेरो सम्पर्कमा आएका थिए उनीहरुलाई पनि कोरोना परिक्षण गर्न आग्रह गर्दछु ।’ यी दुवै कलाकाहरु पनि हाल होम आइसोलेसनमा छन् । यसैबीच लागूऔषधहरुका कारण एनसीबीको हिरासतमा रहेका अभिनेता एजाज खान पनि कोरोना संक्रमित भएका छन् । 

Logo