मातृशोकमा गायक तथा अभिनेता प्रशान्त तामाङ

मातृशोकमा गायक तथा अभिनेता प्रशान्त तामाङ


गायक प्रशान्त तामाङलाई मातृशोक परेको छ। ‘इन्डीयन आइडल’ सिजन–३ का विजेतासमेत रहेका तामाङकी आमा रुपा तामाङको मंगलबार दार्जिलिङको एक अस्पतालमा निधन भएको हो। 

आमाको निधनप्रति तामाङ स्वयंले पनि सामाजिक संजालमार्फत जानकारी गराएका छन्। उनले लेखेका छन्, ‘एउटी आमा गुमाउनु भनेको एक क्षणमा हुँदैन, जे भयो त्यसको प्रभावलाई बुझ्न वर्षौं लाग्छ । हार्दिक श्रद्धाञ्जली मेरो सबैभन्दा प्यारो आमा । आई लभ यू।’ 

प्रशान्तले यस दुःखको घडीमा आफूलाई बलियो रहन प्रेरित गर्ने सबैप्रति  धन्यवाद व्यक्त गरेका छन्।

गायक तथा अभिनेता तामाङ पछिल्लो समय फिल्म ‘परदेशी २’ को छायांकन सकेर दार्जिलिङ फर्किएका थिए। उनले नेपाल बसाइका क्रममा  नयाँ गीत ‘आगो पिएर बाँच्ने’ बोलको गीत रेकर्ड गराएर दर्शक स्रोतामाझ पस्किएका थिए।

Logo