लुम्बिनीका मुख्यमन्त्रीको आज सपथ ग्रहण, मन्त्रीहरुको अझै छैन टुंगो

लुम्बिनीका मुख्यमन्त्रीको आज सपथ ग्रहण, मन्त्रीहरुको अझै छैन टुंगो


लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनियताको सपथ लिँदैछन्। 

नेकपा माओवादीसहितका राजनीतिक दलको समर्थनमा बिहिवार मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन। प्रदेश प्रमुखको कार्यालय, बुटवलमा अपरान्ह १ बजे पद तथा गोपनियताका सपथ हुनेछ।

नेपालकाे संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले उनलाई बिहिवार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। तर, मुख्यमन्त्री चौधरीसँग मन्त्रीहरुले सपथ लिन्छन कि लिन्नन भन्ने अझै टुंगो भने लागेको छैन्।

यद्धपी, मुख्यमन्त्री गिरीले मन्त्रीहरुका आकांक्षी आफनै पार्टी नेपाली काँग्रेसका सांसद तथा सत्ता सहयोगी नेकपा माओवादी केन्द्रका सांसदहरुसँग भने छलफल गरिरहेका छन् । 

Logo