हाउठी विद्रोहीले मिसाइलबाट साउदी हेलिकप्टर खसाल्यो

हाउठी विद्रोहीले मिसाइलबाट साउदी हेलिकप्टर खसाल्यो


यमन,

यमनको हाउठी विद्रोही लडाकुले साउदी हेलिकप्टरलाई मिसाइलबाट खसालेको दावी गरेका छन् । जहाँ दुई पाइलटको मृत्यु भएको बताइएको छ । यमनी सीमाक्षेत्रमा यस्तो घटना भएको हो ।

एक सय भन्दा धेरै हाउठी बन्दीहरु रिहा भएको भोलिपल्टै यस्तो घटना भएको हो । हाउठी प्रवक्ता यहा सारेआले ट्वीटरमा समेत मिसाइलको माध्यमबाट हेलिकप्टर खसालेको बताएका छन् ।

साउदी नेतृत्वको गठबन्धन सरकारले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । बिहीबार मात्रै १ सय २८ जना हाउठी विद्रोहीलाई साउदी अरेबियाले रिहा गरेको थियो । रिहा भएपछि उनीहरु यमनको राजधानी साना पुगेका थिए । हाउठी विद्रोहीहरु २०१५ यता विभिन्न स्थानमा पक्राउ परेका छन् ।
एजेन्सी

Logo