आज पनि बढ्यो सेयर बजार

आज पनि बढ्यो सेयर बजार


सेयर बजार बुधबार पनि सामान्य बढेको छ । सेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ४१ अंकले बढेर एक हजार आठ सय ३७ दशमलव ४६ विन्दुमा पुगेको छ ।

आज व्यापार, फाइनान्स, अन्य र म्युचल फन्डबाहेक अरू समूहको सेयर सामान्य बढेको छ । बजार सामान्य बढे पनि कारोबार रकम भने निकै घटेको छ । १३ लाख ७० हजार कित्ता सेयर ४८ करोड ५४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेसनल माइक्रो फाइनान्सको प्रमोटर सेयर चार करोड ७५ लाख रुपैयाँमा किनबेच भयो ।

आज मन्दाकिनी हाइड्रोको सेयर नौ प्रतिशत तथा अभियान लघुवित्तको सेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि ग्लोबल आईएमई ब्यालेन्स फन्डको सेयर १० प्रतिशतले घटेको छ । 

Logo